१८ बैशाख २०८१, मंगलबार

बर्दियाको बाँसगढी नगरपालिकाद्धारा ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण शुरु

प्रकाशित मिति :  22 May, 2020 2:06 pm


बर्दिया,९ जेठ ।

बर्दियाको बाँसगढी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई धानको बीउ वितरण शुरु गरेको छ । बीउ राख्ने समयमा किसानलाई उन्नत जातको बीउको वितरण गरिएको कृषि शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिए ।

सामाजिक दूरी कायम गरी वडा नं ७ बाट वितरण शुरु गरेको छ । बाँसगढी नगरपालिकाको वडा नं १ र ९ मा भने स्थानीय कृषि सहकारी संस्था तथा कृषक समूहमार्फत वितरण गरिनेछ ।

सो शाखाको आर्थिक वर्ष २०७६/७७ को वार्षिकको स्वीकृत कार्यक्रमअनुसार १२७ क्विन्टल बीउ वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ । बर्दियामा ६० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।



प्रतिक्रिया दिनुहोस !