२४ बैशाख २०८१, सोमबार

त्रिवेणी गाँउपालिकामा चट्याङ लागेर दुई जनाको निधन भएकोप्रति रोल्पा कांग्रेसद्धारा दुःख व्यक्त

प्रकाशित मिति :  30 May, 2020 11:04 am


रोल्पा, १७ जेठ ।

रोल्पाको त्रिवेणी गाँउपालिका—७ नन्दीखोलामा चट्याङ लागेर दुई महिलाको मृत्यु भएकोप्रति नेपाली कांग्रेस रोल्पाले दुःख व्यक्ति गरेको छ ।

जिल्ला सभापति अमरसिंह पुनमगरले विज्ञप्ति जारी गर्दै चट्याङ लागेर २१ वर्षीय आशा बुढा र ७५ वर्षीय खिर्मा बुढाको निधन भएको घटनाले नेपाली कांग्रेस रोल्पा अत्यन्त दुःखी एवं स्तब्ध भएको उल्लेख गरेका छन् ।

सभापति पुनले भनेका छन्,‘ बेलाबेलामा विभिन्न खाले विपत्तिमा परी रोल्पालीहरुले ज्यान गुमाइरहँदा हामीलाई चिन्ता बोध भइरहेको छ । त्रिवेणी गाँउपालिकाले यस अघि बम विष्फोटको बज्र सहनुपरेको थियो भने त्यसको केही दिनपछि सिर्पमा चट्याङका कारण दुईजना व्यक्तिको निधन भएको थियो । यि सबै दुःखद घटना भइरहनु हामी समस्त रोल्पालीका लागि दुर्भाग्यको कुरा हो ।’

सभापति पुनले घाईतेका शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !