२४ बैशाख २०८१, सोमबार

रोल्पामा एक जनामा कोरोना आरडीटी पोजेटिभ, पीसीआर परीक्षणका लागि नमुना पठाईयो

प्रकाशित मिति :  30 May, 2020 6:24 pm


रोल्पा, १७ जेठ ।

रोल्पाको सुनिल स्मृति गाँउपालिका—२ खुंग्रीमा एक जनालाई आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ भेटिएको छ ।

भारतबाट आएर हरिगाँउ क्वारेन्टाइनमा बसेका एक पुरुषको आरडीटी पोजेटिभ भेटिएपछि पीसीआर परीक्षणका लागि दाङ पठाईदै गरेको वडा कार्यालयले जनाएको छ ।

रोल्पामा अहिलेसम्म कोरोनाबाट सुरक्षित देखिएको छ । ठूलो संख्यामा भारतबाट आएर कोरोन्टाइनमा बसेपनि कीट अभावमा परीक्षण गर्न समस्या देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !