१२ बैशाख २०८१, बुधबार

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  4 June, 2020 8:59 am


कपिलवस्तु, २२ जेठ ।

कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

वाडगगा नगरपालिका वाड नं. १ का २१ वर्षका पुरुष, वाड नं. २ का वर्ष ८,२६ का महिला र वर्ष ३९ का पुरुष , वाड न ४ का वर्ष ३४ का पुरुष १ र वाड न ७ का ३९ वर्षका पुरुषमा संक्रमणका पुष्टि भएको हो ।

त्यस्तै  यशोधरा गाउँपालिका वाड नं. ७ का बर्ष २२,२६,३०,३६,४२,४८ पुरुष ७ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको स्स्थ कार्यालय कपिलवस्तुले जनाएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय १४ पुगेको छ ।

आज विहान मात्रै गण्डकी प्रदेशमा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !