१३ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  4 June, 2020 7:41 am


कास्की, २२ जेठ ।

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

नयाँ संक्रमित भेटिएका बाग्लुङको निसीखोला गाँउपालिकामा ३ जना,वडीगाड गाँउपालिकामा ४ जना र गल्कोट नगरपालिकामा ३ जना गरि १० जना रहेका छन् ।

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाँउपालिकामा १ जना, म्याग्दीको मंगला गाँउपालिकामा १ जना,विहादी गाँउपालिकामा २ जना र पर्वतको फलेवास नगरपालिकामा २ जना संक्रमित भेटिएको निर्देशनालयले आज विहान विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लैजाने तयारी भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !