२४ बैशाख २०८१, सोमबार

रोल्पामा ३ जना संक्रमित भेटिएसँगै प्रदेश-५ का सबै जिल्ला कोरोना प्रभावित

प्रकाशित मिति :  7 June, 2020 6:07 pm


काठमाडौं, २५ जेठ ।

प्रदेश-५ का सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । रोल्पामा पहिलो पटक सुनिलस्मृति गाँउपालिकामा ३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुनिलस्मृति गाँउपालिका वडा नम्बर ५ मा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।२० र २७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा सुनिलस्मृति गाँउपालिका वडा नम्बर ६ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसँगै प्रदेश ५ का सबै १२ जिल्लामा नै कारोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । यसअघि प्रदेश ५ का अन्य जिल्लामा कोरोना संक्रमण देखिएपनि रोल्पामा देखिएको थिएन ।

प्रदेश ५ मा अहिलेसम्म ४ जना कोरोना संक्रमितको ज्यान गएको छ भने १ हजार ८१ जना संक्रमित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !