२२ बैशाख २०८१, शनिबार

चीनको नियन्त्रणमा रहेका भारतीय सेनाका एक कर्णेल र तीन मेजरसहित १० सैनिक रिहा

प्रकाशित मिति :  19 June, 2020 8:12 am


काठमाण्डौं, ५ असार ।

चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको छ । सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा तीन दिन अघि भएको झडपका क्रममा चीनका सेनाले नियन्त्रणमा लिएका कर्णेलसहित १० भारतीय सैनिक रहा भएका हुन् ।

झडपका क्रममा पक्राउ परेका एक जना लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ मुक्त गरेको भारतीय पत्रिका द हिन्दुको अनलाईन संस्करणले जनाएको छ ।

मेजर जनरत स्तरमा भएको वार्तापछि उनीहरुलाई हिजो बेलुकी ५ बजेपछि सकुसल छोडिएको थियो ।  तर हिजो दिउँसो मात्रै भारतीय सेनाले झडपका क्रममा कुनैपनि भारती सेना नहराएको बताएको थियो तर यो घटनाले भारतीय सेना चीनको नियन्त्रणमा रहेको खुलेको छ ।

झडपमा एक जना कर्णेलसहित २० जना भारतीय सैनिक मारिएपनि चीनतर्फ के कति क्षति भयो भन्नेबारे भने चीनले अहिलेसम्म केही जानकारी दिएको छैन।   सीमामा भएको झडपका विषयलाई लिएर दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन्।

भारतीय सेनाले सीमाको वास्तविक नियन्त्रण रेखा नाघेर आफ्नो भूमितर्फ आएपछि झडप भएको चीनले आरोप लगाएको छ भने भारतले पनि चिनियाँ सैनिकले सहमति उल्लंघन गरेको आरोप लगाइरहेको छ।



प्रतिक्रिया दिनुहोस !