६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना,पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मी संक्रमित

प्रकाशित मिति :  19 June, 2020 11:23 am


काठमाडौं, ५ असार ।

गण्डकी प्रदेशमा आज मात्रै ५६ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विहान मात्रै विज्ञप्ति निकालेर २४ जनामा कोरोना संक्रमणको पुष्टि गरेको थियो ।

निर्देशनालयले फेरी विज्ञप्ति जारी गर्दै ३२ जना कोरोना संक्रमित थपिएको जानकारी गराएको हो । पछिल्लो पटक थपिएका कोरोना संक्रमित मध्य बागलुङको बागलुङ नगरपालिकामा ५ जना, ढोरपाटन नगरपालिकामा ५ जना रहेका छन् । ६यस्तै तनहुँको घिरिङ गाँउपालिकामा १७ जना, पर्वतको कुश्मा नगरपालिकाका ५ जना रहेका छन् । पर्वतमा संक्रमित सबै जिल्ला अस्पतालका स्वस्थ्यकर्मी रहेका छन् ।

जिल्ला अस्पतालमा आकस्मिक बाहके सबै सेवा बन्द

पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकश्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शिशिर देवकोटाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाव परीक्षणका क्रममा अस्पतालका ५ जना स्वास्थ्यकर्मीको नतिजा पोजेटिभ आएपछि आकश्मिक बाहेकका सबै सेवा बन्द गरीएको जानकारी गराएका छन् ।

संक्रमण पुष्टि हुनेमा २ जना चिकित्सक, एकजना स्टाफ नर्स, एकजना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !