६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा २४ जना थप कोरोना संक्रमित

प्रकाशित मिति :  19 June, 2020 7:31 am


काठमाडौं, ५ असार ।

गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गरेर । प्रदेश भित्रका ४ जिल्लामा २४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको   हो ।

संक्रमित मध्य नवलपरासी पूर्वको विनयत्रिवेणी गाँउपालिकामा २ जना, बागलुङ गलकोट नगरपालिकामा ८ जना, कास्कीको पोखरा महानगरपालिकामा ५ र रुपा गाँउपालिकामा १ जना र स्याङ्जाको कालिगण्डकी गाँउपालिकामा १ जना र पालिका नखुलेका १ जना रहेका छन् ।

संक्रमित सबै भारतबाट फर्केर क्वारेन्टाइनमा बसेको व्यक्ति रहेको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ५८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !