५ आश्विन २०८३, सोमबार

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

प्रकाशित मिति :  21 September, 2026 1:00 pm


काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित चोकमा बसमा आगलागी हुँदा चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार त्रिपुरेश्वरस्थित बस स्टपअगाडि बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो । घटनाको कारण खुल्न बाँकी रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !