आज नेप्सेको कारोबार स्थगित
प्रकाशित मिति : 21 September, 2026 11:59 am
काठमाडौँ । सोमबार सेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रा.लि. मा आइतबार विहानदेखि प्राविधिक समस्या आएको थियो ।
समाधानका लागि पहल भइरहेको भएपनि समाधान नभइसकेकाले र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले कारोबार स्थगित गरिएको जनाएको छ ।
आजको नियमित कारोबार सत्रलाई रोक्न स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएकाले नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आजको कारोबार स्थगित गरिएको जनाएको छ। ।









