सिंहदरबारभित्र तीन गाडी आपसमा ठोक्किए, चालक र यात्रु सकुशल
काठमाडौँ ।सिंहदरबार परिसरभित्र तीनवटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
प्रत्यक्षदर्शीका अनुसार सेतो रङको निसान लिफ विद्युतीय गाडीले अन्य दुई सवारी साधनलाई ठक्कर दिएको हो।
दुर्घटनामा परेको निसान लिफको नम्बर ६६(१(००१२ रहेको छ। ठक्करपछि उक्त गाडीको अगाडिको बम्पर तथा हेडलाइट आसपासको भागमा ठूलो क्षति पुगेको छ।
ठक्करबाट क्षति पुगेका अन्य दुई सवारी साधनमा बागमती प्रदेश–०१–०२८ च ५९९९ नम्बरको कालो रङको बीएमडब्लु आईएक्स३ र बा २० च ६८४६ नम्बरको टाटा जेस्ट रहेका छन्।
बीएमडब्लु गाडीमा राखिएको पासा सङ्घीय संसद् नितिमा भण्डारीको नाम उल्लेख रहेको देखिन्छ। बीएमडब्लु र टाटा जेस्टमा भने सामान्य क्षति पुगेको छ।
दुर्घटनापछि सिंहदरबार परिसरमा सुरक्षाकर्मी तथा सर्वसाधारणको भीड लागेको छ । दुर्घटनामा चालक तथा सवारीमा रहेका यात्रुहरू सबै सकुशल रहेको बताइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।









