३० भदौ २०८३, मंगलबार

विश्वकर्मा पूजा नजिकिँदै, मूर्ति बनाउन व्यस्त मूर्तिकार (फोटो फिचर)

प्रकाशित मिति :  15 September, 2026 4:26 pm


काठमाडौं। विश्वकर्मा पूजा नजिकिँदै गर्दा मूर्तिकारहरू भगवान् विश्वकर्माका मूर्ति तयार पार्न व्यस्त भएका छन्।

आगामी असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि काठमाडौंका विभिन्न स्थानमा मूर्तिकारहरूले भगवान् विश्वकर्माका मूर्तिलाई अन्तिम रूप दिन थालेका छन्।

मूर्तिकारहरू विभिन्न आकारका मूर्ति सिँगार्न, रङरोगन गर्न तथा अन्तिम रूप दिन व्यस्त देखिन्छन्। विश्वकर्मा पूजाका लागि विशेषगरी कलकारखाना, उद्योग तथा प्राविधिक क्षेत्रमा स्थापना गर्न मूर्तिहरू तयार पारिने गरेका छन्।

विश्वकर्मा पूजाका दिन कलकारखाना, उद्योग तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने औजार, उपकरण र मेसिनरीको पूजा गर्ने चलन छ।

कालीगढ तथा प्राविधिक काममा संलग्न व्यक्तिहरूले आफ्ना औजार तथा काममा प्रयोग हुने सामग्रीको पूजा गरी भगवान् विश्वकर्मासँग सुख, समृद्धि र काममा सफलता प्राप्तिको कामना गर्ने गर्छन्।

तस्बिर : एपी तोलाङ / नेपाल फोटो सर्भिस



प्रतिक्रिया दिनुहोस !