६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा फेरी ५० जना कोरोना संक्रमित थपिए,एकै दिन १ सय ८ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  20 June, 2020 8:07 pm


काठमाडौं, ६ असार ।

गण्डकी प्रदेशमा आजै फेरी ५० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बेलुकी विज्ञप्ति जारी गरेर आजै थप ५० जना नयाँ संक्रमित भेटिएको जानकारी गराएको हो । नयाँ संक्रमितमा बागलुङमा २९ जना, नवलपरासी पूर्वमा १८ जना र तनहुँमा २ जना रहेका छन् ।

बागलुङको गल्कोट नगरपालिकामा ८ जना, ताराखोला गाँउपालिकामा १ जना,बडिगाड गाँउपालिकामा ६ जना, बागलुङ नगरपालिकामा ६ जना,ढोरपाटन नगरपालिकामा ८ जना, संक्रमित भेटिएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै नवलपरासी पूर्वको बुलिङटार गाँउपालिकामा १ जना पालिका नखुलेका १जना, मध्यविन्दु नगरपालिकामा १६ जना र मुस्ताङको घरपजोङ गाँउपालिकामा १ जना संक्रमित भेटिएका छन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ । विहान मात्रै निर्देशनालयले ५८ जना संक्रमित भेटिएको जानकारी गराएको थियो । निर्देशनालयका अनुसार आज मात्रै १ सय ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस !