६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण

प्रकाशित मिति :  20 June, 2020 7:36 am


काठमाडौं, ६ असार ।

गण्डकी प्रदेशमा ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका विभिन्न ७ जिल्लामा ५८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सबैभन्दा धेरै तनहुँमा २५ जना संक्रमित देखिएका छन् ।

तनहुँको ऋषिङ गाँउपालिकामा २१ जना, व्यास नगरपालिकामा २ जना र शुक्लागण्डकी नगरपालिकामा २ जना संक्रमति भेटिएका छन् ।त्यस्तै नवलपुरमा १६ जना संक्रमित भेटिएका छन् । नवलपुरको बौदीकाली गाँउपालिकामा ११, मध्यबिन्दु नगरपालिकामा १,विनयत्रिवेणी गाँउपालिकामा १ र देवचुली नगरपालिकामा १ जना संक्रमित भेटिएका छन् ।

गोरखाको भिमसेन नगरपालिकामा ५ जना, म्याग्दीको मालिका गाँउपालिकामा १ जना, कास्कीको मादी गाँउपालिकामा २ जना, स्याङ्जामा पालिका नखुलेको १ जना, बागलुङको काठेखोला गाँउपालिकामा ८ जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको  छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !