दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुई युवकको पहिचान
प्रकाशित मिति : 9 February, 2026 1:12 pm
काठमाडौँ । दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुई युवकको पहिचान खुलेको छ ।
घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको थियो ।
मृतक रोल्पाको त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहागरपालिका–१७ का २९ वर्षीय कमल ओली रहेका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहोराले जानकारी दिएका छन् ।
बुढाथोकीले चलाएको लु.प्र ०२९–००१ प ११०२ नम्बर को पल्सर मोटरसाइकल दुर्घटनामा परेको थियो ।
राति नै दुर्घटना भए पनि प्रहरीलाई बिहान मात्रै खबर पुगेको थियो । आफन्त आएर शवको पहिचान गरेका थिए ।
दुवै शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको छ








