१३ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  4 July, 2020 9:03 am


काठमाडौं, २० असार ।

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विहान ६ जिल्लामा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएको छ ।

संक्रमित मध्य बागलुङमा २ जना, म्याग्दीमा ३ जना, स्याङ्जामा १ जना, तनहुँमा १ जना, कास्कीमा २ जना, नवलपरासी पूर्वमा ७ जना रहेका छन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश अन्तर्गतको गोरखामा विहान मात्रै एकना कोरोना संक्रमित १ जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !