१३ बैशाख २०८१, बिहिबार

कास्कीमा कोरोना संक्रमित एक जनाको मृत्यु

प्रकाशित मिति :  9 August, 2020 8:05 am


काठमाडौं, २५ साउन ।

कास्कीमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । डाइबेटिजका बिरामी ति पुरुषमा साउन १७ गते कोरोना संक्रमणको पुष्टि भएपछि प्रतिष्ठानमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा हिजो राति ११ ३५ मा मृत्यु भएको प्रष्ठिानका निर्देशक डा. अर्जुन आचार्यले विज्ञप्ति निकालेर जानकारी गराएका छन् । प्रतिष्ठानमा अहिलेसम्म कोरोना संक्रमित ३ जनाको मृत्यु भएको आचार्यले जनाएका छन् । यससँगै देशभर कोरोना संक्रमित मृतकको संख्या ७४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !