३० बैशाख २०८१, आइतबार

स्याङ्जा जिल्लाको कारागारमा कैदीलाई कोरोना संक्रमण

प्रकाशित मिति :  18 August, 2020 3:03 pm


स्याङ्जा,२ भदौं । स्याङ्जा जिल्लाको कारागारमा एक जना कैदीलाई संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका कैदीलाई कोरोना भाइरस (कोभिड –१९) पीसीआर प्रविधिबाट परिक्षण गर्दा एक जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जबरजस्ती करणी मुद्धामा ४ वर्षदेखि कारागारमा रहेका ६० वर्षे कैदीमा कोरोना पोजेटिभ देखिएको हो । कारागारका ५० कैदीलाई एक हप्तादेखि रुघाखोकी तथा ज्वरो आएको थियो । औषधी खाएपछि अरु कैदी निको भएका थिए भने उनलाई निको भएन । कोरोनाको जस्तै लक्षण देखिन थालेपछि आइतबार स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा सोमबार साँझ कोरोना पुष्टि भएको हो ।

प्रहरीमा कोरोना देखिएपछि कारागारमा आवतजावत र भेटघाट बन्द गरिएको जेलर चुडामणी भण्डारीले जानकारी दिए । कारागारमा ३९ मुद्धाका १सय ५० कैदी बस्ने गरेका छन् भने प्रहरीमा कोरोना भेटिएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । कैदीमा कारोना देखिएपछि नेपाली सेना र नेपाली सेनाको गुल्ममा पनि संक्रमण पुगेको आशंका गरिएको छ ।

प्रहरी प्रमुख सहित ४१ सुरक्षाकर्मीमा कोरोना देखिएपछि साउन १३ गतेबाट निषेधाज्ञा जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !