२१ बैशाख २०८१, शुक्रबार

थप १२ जना कोरोना संक्रमितको मृत्यु, संघदेखि स्थानीय तहसम्म बेड संख्या थप

प्रकाशित मिति :  28 August, 2020 4:55 pm


काठमाडौं, १२ भदौ ।

पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । ज्यान गुमाउनेमा मोर २,भक्तपुर , धनुषा, सिराहा,झापा , चितवनमा,कास्कीमा, रुपन्देहीमा, मकवानपुर,उदयपुर र पर्सामा १-१ जनाको मृत्यु भएको हो ।

तीन अस्पताललाई कोरोना अस्पतालमा परिवर्तन

सरकारले ३ वटा अस्पताललाई कारोना अस्पतालमा परिवर्तन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौंको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेजलाई कारोना अस्पतालमा परिवर्तन गरिएको जानकारी दिए ।

संघदेखि स्थानीय तहसम्म बेड संख्या थप

सरकारले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा कोरोना संक्रमितको उपचारका लागि बेड संख्या थप गरेको छ ।

प्रवक्ता गौतमले संघीय सरकार मातहका अस्पतालमा १ हजार, प्रदेश मातहतका सरकारमा १९५७ र अस्पताल नभएका स्थानीय तहमा स्वास्थ्यकर्मीसहित कम्तिमा पाँच बेडको गरि ३२४५ बेड थपिएको जानकारी दिए ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !