२२ बैशाख २०८१, शनिबार

चीनसँग सीमा तनाव जारी रहेका बेला भारतीय सेना प्रमुख लद्दाखमा

प्रकाशित मिति :  3 September, 2020 12:30 pm


 

काठमाडौं, १८ भदौ ।

भारत र चीन बीच तनाव जारी रहेका बेला भारतीय सेना प्रमुख लद्दाख पुगेका छन् ।

वास्तविक नियन्त्रण रेखाबीच दुईदेशबीच तनाव जारी रहेका बेला सेना प्रमुख जनरल एमएम नरवाणे आज विहान लद्दाख पुगेका हुन् । पूर्वी लद्दाखको प्याङगोँग ताल क्षेत्र नजिक दुई देशका सैनिकबीच झडप भएको केही दिनपछि भारतीय सेना प्रमुख उक्त क्षेत्रमा गएका हुन् ।

उनले आज दक्षिण प्याङगोँग र अन्य ठाउँमा स्थितिका बारे जानकारी लिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सेना प्रमुखको भ्रमणपछि तनाव थप चुलिन सक्ने आँकलन छ र चीनले कुनै नयाँ तरिका अपनाउन सक्ने छ ।

भारतले चीनको सेना रोक्न भन्दै विभिन्न ठाँउमा ट्यांक खटाएपछि तनाव थप जटिल बनेको अनुमान गरिदै छ । यद्धपी वार्ताहरु भइरहेको खबरपनि आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !