१२ बैशाख २०८१, बुधबार

भारत र चीनबीच पूर्वी लद्दाखको सीमा क्षेत्रमा फेरि तनाव, दुई देशका सेनाबीच झडप

प्रकाशित मिति :  31 August, 2020 12:31 pm


काठमाडौं, १५ भदौ ।

भारत र चीनबीच फेरि सिमामा तनाव देखिएको छ । दुई देशका सैनिकबीच झडप भएको छ । पूर्वी लद्दाखको प्याङगोँग ताल क्षेत्र नजिक दुई देशका सैनिकबीच झडप भएको भारतको प्रेस इन्फरमेसन ब्यूरो (पीबीआई)ले जनाएको छ ।

दुई देशका सैनिक हिजो र अस्ति राती आमनेसामने भएका हुन् । तनाव भएपनि कुनै अप्रिय घटना भएकोबारे भने जानकारी प्राप्त भएको    छैन । भारतले चीनियाँ सैनिक भारतीय भूमिमा प्रवेश गर्न खोज्दा तनाव भएको दाबी गरेको छ ।

भारतीय सेनाको भनाई सार्वजनिक गर्दै पीआईबीको विज्ञप्तिमा भनिएको छ, “भारतीय सेनाले प्यानगोन त्सो तालमा चिनियाँ सैनिकहरूको उत्तेजना रोकेको छ। भारतीय सेना वार्ताबाट शान्ति पुनर्स्थापनाको पक्षमा छ तर यसको साथसाथै आफ्नो क्षेत्रको अखण्डतालाई जोगाउन पनि प्रतिबद्ध छ। सम्पूर्ण विवादमा ब्रिगेड कमाण्डर तहमा बैठक भइरहेको छ।”

चीन र भारतबीच भएका पछिल्ला बैठकको समझदारी विपरित चीनको सेना पूर्वी लद्दाख क्षेत्रमा भित्र छिरेर परस्थिति बदल्ने प्रयाास गरेको दाबी भारतीय मिडियाको दाबी छ ।

गत हप्ता मात्रै भारतीय विदेश मन्त्री एस जयशंकरले वास्तविक रेखा नियन्त्रण(एलएसी) मा चीनसँगको तनाव सन् १९६२ पछि सबैभन्दा गम्भीर अवस्थामा रहेको बताएका थिए । उनले भनेका थिए, “पक्कैपनि सन् १९६२ पछि सबैभन्दा गम्भीर स्थिति छ। ४५ वर्षपछि चीनसँगको द्वन्द्वमा सैन्य हताहत भएको छ। दुबै पक्षबाट सिमानामा सेना खटाउने काम पनि अप्रत्यासित छ ।”

जुन १५ तारिखमा गाल्भान उपत्यकामा चीन र भारतबीच भएको हिंसात्मक भिडन्तपछि सेनालाई पछि हट्ने समझदारी भएको थियो । एक कर्णेलसहित ४० जना भारतीय सैनिकले ज्यान गुमाएको उक्त घटनापछि भएको समझदारपछि पनि फेरि तनाव देखिएको छ ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !