२१ बैशाख २०८१, शुक्रबार

नेप्से परिसुचकमा सोमबार सामान्य सुधार

प्रकाशित मिति :  14 September, 2020 6:00 pm


काठमाडौं, २९ भदौ । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेमा परिसूचक ३.२६ अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अंकले उकालो लागिरहेको नेप्से परिसूचक भने सामान्य सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सामबार नेप्से ३.२६ बिन्दुले उकालो लागेर एक हजार ५ सय ४०.५१ मा रोकिएको हो । त्यस्तै सेन्सेटिभ परिसूचक २.२८ ले वृद्धि भई ३०६.२४ मा पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । बैंकिङ १४.६८, विकास बैंक २०.९८, जलविद्युत् १२.२, वित्त ६.९४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २० करोड ४३ लाख आठ हजार ६६८ बराबरको कारोबार भयो ।

नेपाल बैंक लिमिटेड रु १२ करोड ८४ लाख ४० हजार १६५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ५१ लाख ६७ हजार ५६०, नेको इन्स्योरेन्स कम्पनी रु ११ करोड ३४ लाख ६८ हजार २२७ र सूर्या लाइफ इन्स्योन्स कम्पनी रु आठ करोड २४ लाख ८५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ४ लाख ७९ हजार १ सय ३२ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !