२० बैशाख २०८१, बिहिबार

बंगलादेशबाट मल ल्याउन सहजीकरण गर्ने भारतीय राजदूतको प्रतिबद्धता

प्रकाशित मिति :  21 September, 2020 6:50 pm


काठमाडौं, ५ असोज ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबीच कृषि मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटमा कृषि मन्त्रालयले बंगलादेशबाट आयात गर्न लागेको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने राजदुत क्वात्राले प्रतिबद्धता जनाएका छन् ।

भेटमा नेपाल र भारतबीचको द्वीपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तर मापन, क्वारिन्टिनको प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदान लगायतका विषयमा छलफल भएको कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

मन्त्री भूसालले नेपाल र भारतका बहुसंख्यक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुबै मुलुकबीच अझ धेरै सहकार्यको आवश्यकता रहेको बताए ।

राजदुत क्वात्राले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभई नेपाल–भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पु¥याउने बताए ।

कुराकानीका क्रममा राजदुत क्वात्राले नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न पनि भारत सधैं तयार रहेको उल्लेख गरेका थिए ।

सम्बन्धित समाचार

 

 



प्रतिक्रिया दिनुहोस !