६ जेष्ठ २०८१, आइतबार

देशभर १ हजार ३ सय ५१ जनामा संक्रमण पृष्टि

प्रकाशित मिति :  28 September, 2020 4:32 pm


काठमाडाैं, १२ असाेज । 

पछिल्लाे २४ घण्टामा थप १ हजार ३ सय ५१ जनामा काेराेना संक्रमण पृष्टि भएकाे छ ।

देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परिक्षणमा  थप १ हजार ३ सय ५१ जनामा काेराेना भाइरस संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन्।

याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७४ हजार ७ सय ४५ पुगेकाे छ ।  त्यस्तै आज ७ सय ४२ जना डिस्चार्ज भएका छन् भने काेराेना निकाे हुनेकाे संख्या ५४ हजार ४ सय ६० पुगेकाे छ ।

त्यस्तै आज थप ४ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे  सँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४ सय ८१ पुगेकाे छ ।



प्रतिक्रिया दिनुहोस !