२४ बैशाख २०८१, सोमबार

प्रदेश ३ को नाम र राजधानी छिटो टुंग्याउँः प्रचण्ड

प्रकाशित मिति :  26 November, 2019 2:36 pm


मकवानपुर, मंसिर १०

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी छिटो टुंग्याउन आग्रह गर्नुभएको छ ।

मंगलबार हेटौंडामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र नेकपाका नेताहरूसँग कुरा गदै अब प्रदेशको नाम र स्थायी राजधानीबारे अन्यौल राख्न नहुने र केही दिनमै टुंग्याउन आग्रह गर्नुभएको हो।

‘राजधानी तोक्ने, नामकरण गर्ने यो प्रदेशको पनि बाँकी छ । अझै के होला कसो होला भन्ने स्थितिमा राख्न हुँदैन । केही दिनभित्रै यो कुरा टुंगिनुपर्छ ।’ प्रचण्डको भनाई थियो ।
अध्यक्ष प्रचण्डले पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न अध्यक्षहरूको कार्यविभाजन गरिएको समेत बताउनुभएको छ । उहाँको भनाई थियो,‘पार्टीमा अलि बढी ध्यान र जोड मैले दिने, सरकारमा अर्को अध्यक्षले दिने भन्ने निर्णय गरिएको हो।’



प्रतिक्रिया दिनुहोस !