७ जेष्ठ २०८१, सोमबार

“यादका लहरहरु” शुक्रबार सार्वजनिक हुँदै

प्रकाशित मिति :  11 November, 2020 2:15 pm


काठमाडौं, २६ कात्तिक ।
बरिष्ठ सर्जन डा. प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक हुँदैछ । उक्त गीत तथा म्युजिक भिडियो आउँदो शुक्रबार सार्वजनिक हुन लागेको हो ।

नेपाली सुगम संगितमा सुमधुर स्वरकी धनी अन्जु पन्तको आवाजमा सजिएको गीत “यादका लहरहरु”मा राज सागरले संगित भरेका छन् भने गोपाल रसाइलीले संगित संयोजन गरेका छन् ।

एसियन म्युजिक युट्युव च्यानलद्धारा सार्वजनिक हुने गीतको म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेका छन् भने हरि हुमागाँईले निर्देशन भिडियो निर्देशन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !