१६ बैशाख २०८१, आइतबार

सर्वोच्च अदालतको आदेशपछि नेकपा उपाध्यक्ष गौतमले सार्वजनिक गरे आफ्नो धारणा

प्रकाशित मिति :  11 November, 2020 6:05 pm


काठमाडौं,२६ कार्तिक ।

सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्यमा कृयाशील हुने गरि बाटो खोलिदिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने बताएका छन् ।

सर्वोच्चको आदेशपछि उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, “वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।”

उनले यसबीचमा आफूप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नेलाई आभार व्यक्त गर्दै आफ्नो पक्षमा बहस गर्ने कानुन व्यवसायीहरु प्रति कृतज्ञ रहेको उल्लेख गरेका छन् ।

बामदेव गौतमलाई राहत, सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश खारेज



प्रतिक्रिया दिनुहोस !