१७ बैशाख २०८१, सोमबार

उपत्यकामा आजदेखि हट्यो जोर विजोर प्रणाली

प्रकाशित मिति :  18 December, 2020 1:36 pm


काठमाडौं, ३ पौष ।
विगत तीन महिना देखि लागु भएको जोर विजोर प्रणाली आजबाट हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाहरुको छलफलले जोरविजोर हटाउने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजैबाट जोरविजोर प्रणाली हटेको जानकारी दिएको छ ।

यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

सवारीमा जोरबिजोर हटेलगत्तै उपत्यकाभित्र सवारीको चाप बढ्ने छ । असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी चल्दै आएका थिए।



प्रतिक्रिया दिनुहोस !