१६ बैशाख २०८१, आइतबार

बामदेवलाई भेट्न नेपाल, खनाल र पार्टी प्रवक्ता श्रेष्ट भैसेपाटी

प्रकाशित मिति :  22 December, 2020 12:44 pm


काठमाडौं, ७ पुस ।

नेकपाका उपाध्यक्ष वामदेव गाैतमलाई भेट्न बरिष्ट नेता माधवकुमार नेपाल , झलनाथ खनाल र पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ गाैतम निवास भैसेपाटी पुगेका छन् ।

मंगलबार बिहान (दाहाल – नेपाल) समुहकाे तर्फबाट नेपाल, खनाल र पार्टी प्रवक्ता श्रेष्ट गाैतम सँग छलफल गर्न उनकै निवासमा पुगेका हुन ।नेताहरुले भेला उपस्थितका लागि आग्रह गर्दा गाैतमले दुवै पक्षकाे भेलामा आफु सहभागि नहुने भन्दै पार्टी एकताकाे पक्षमा अन्तिमसमय सम्म प्रयासमा रहने बताएका थिए ।

पार्टी विभाजनकाे अवस्थामा पुग्नै लागेकाे बेलासमेत नेकपामा उपाध्यक्ष गाैतम कुनैपनि भेलामा सहभागि भएका छैनन् ।

 



प्रतिक्रिया दिनुहोस !