१९ बैशाख २०८१, बुधबार

ओली सरकारविरूद्ध कांग्रेसले देशभर प्रदर्शन गर्दै

प्रकाशित मिति :  23 December, 2020 5:32 pm


काठमाडाैं, ८ पुस । 

सरकार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरूद्ध देशभर प्रदर्शन गर्ने तयारी गरेको छ।

भाेली दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकले सरकारविरूद्ध प्रदर्शनबारे निर्णय गर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेकोमा उक्त कदम असंवैधानिक, अलाेकतान्त्रिक भएकाे भन्दै कांग्रेसले विरोध गर्दै आएको छ।

केन्द्रीय समिति बैठक भाेलि बिहीबार १ बजे पुन: बस्ने गरी आजलाई स्थगित भएको छ। कांग्रेसले पुस १६ गते मेलमिलाप दिवसका दिन पनि कार्यक्रम गर्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !