१२ श्रावण २०८१, शनिबार

लुम्बिनी चिनी मिलका संचालक पक्राउ

प्रकाशित मिति :  31 December, 2020 1:44 pm


काठमाडौं । लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाल पक्राउ परेका छन् । बिहीबार पर्साबाट उनलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय पर्साले विरगन्जबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उपलब्ध गराएको रेकर्ड अनुसार लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ ।

किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !