६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  1 January, 2021 12:30 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन छापावाला सूनको मूल्य ४ सय रुपैयाँले बढेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघकाअनूसार शूक्रबार छापावाला सूनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सून प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ।

हिजो बिहीबार भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सून ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै हिजो बिहीबार तोलामा ५ रुपैयाँले घटेको चाँदीको मूल्य आज शुक्रबार भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !