२५ बैशाख २०८१, मंगलबार

पृथ्वीनारायण शाहको स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै (फाेटाे फिचर सहित)

प्रकाशित मिति :  11 January, 2021 1:22 pm


काठमाडाैं । चौबीसेमा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ ।

नेपाल एकीकरणका अभियन्ता शाहको विसं। १७७९ पुस २७ गते गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्म भएको थियो । शाहलाई राष्ट्र निर्माताका रुपमा समेत चिनिने गरिएको छ । कुटनीतिक चलाखी र सैनिक बलका भरमा पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यलाई एकत्रित गरेका थिए ।

एकताका प्रतिक भनेर पृथ्वी नारायण शाहको स्मरण गर्दै देशभर विभिन्न संघसस्थाले तथा पाटीले बाजागाजा बजाएर र्याली निकालेका छन् ।

मुलुकमा गणतन्त्र स्थापनाअघि पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस सरकारी तहबाटै मनाउने चलन थियो । सरकारले पछिल्ला वर्षहरुमा दिइदै आएको सार्वजनिक बिदासमेत कटौती गर्दै आएको छ । सरकारले बिदा घोषणा नगरेपनि केही स्थानीय तहमा भने बिदा दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !