२१ बैशाख २०८१, शुक्रबार

नेप्सेमा आज पनि दोहोरो अंकको वृद्धिसँगै नयाँ किर्तिमान

प्रकाशित मिति :  12 January, 2021 4:33 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक आज दोहोरो अंकले बढेको छ । मंगलबार परिसुचक २८.३१ अंकले बढेर २२६७.७३ अंकमा पुगेर रोकिएको छ ।

आज राम्रा र बलिया कम्पनीको सुचक सेन्सेटिभ पनि ३.६९ अंकले बढेर ४३३.२८ अंकमा पुगेर रोकिएको छ ।  नेप्सेमा आज १२ उपसमूहमध्ये ११ वटा उपसमुह बढेका छन् भने एउटा उपसमुह मात्रै घटेका छन् ।

आज जीवन बीमा समूह सबैभन्दा बढी ३७६ अंकले उकालो लागेको छ । निर्जीवन बीमा समूह ७३.२७ अंकले बढेको आज बैंकिङ समूहमा १४.५४ अंक, होटेल्स् समूहमा ९.९३ अंक, विकास बैंक समूहमा १९.४ अंक, जलविद्युत् समूहमा ६०.९१ अंक, वित्त समूहमा २३.१४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६.८९ अंक, अन्य समूहमा ६.४८ अंक, लघुवित्त समूहमा ५३.१९ अंक र म्युचुअल फन्ड समूहमा ०.१ अंकले बढेको छ ।  आज व्यापार समूहमा भने १५.४ अंकको गिरावट आएको छ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २९ करोड ६ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ।



प्रतिक्रिया दिनुहोस !