५ जेष्ठ २०८१, शनिबार

नेप्सेको उकालो यात्रा जारी, बुधबार १८ अंकले बढ्यो

प्रकाशित मिति :  13 January, 2021 4:20 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक आज दोहोरो अंकले बढेको छ । मंगलबार बजार खुलेदेखि नै उकालोे लागेको परिसुचक १८.४१ अंकले बढेर २२८६.५४ अंकमा पुगेर रोकिएको छ ।

आज राम्रा र बलिया कम्पनीको सुचक सेन्सेटिभ पनि १.३५ अंकले बढेर ४३५.२५ अंकमा पुगेर रोकिएको छ । नेप्सेमा आज १२ उपसमूहमध्ये १० वटा उपसमुह बढेका छन् भने २ उपसमुह मात्रै घटेका छन् ।

आज यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २४२.५२ अंकले उकालो लागेको छ। जीवन बीमा समूह १६९.७७ अंकले बढ्दा निर्जीवन बीमा समूहमा १११.१५ अंक, व्यापार समूहमा ९.०५ अंक, विकास बैंक समूहमा ३०.९७ अंक, जलविद्युत् समूहमा ३०.२ अंक, वित्त समूहमा ४५.०८ अंक, अन्य समूहमा १२.०९ अंक, लघुवित्त समूहमा ९६.४९ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ । आज बैंकिङमा ३.१५ अंक र होटेल्स् समूहमा ५.३९ अंकको गिरावट आएको छ।

त्यसैगरी आज दिन नेपाल टेलिकमको सर्वाधिक २६ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँमा कारोबार भएको छ।



प्रतिक्रिया दिनुहोस !