५ जेष्ठ २०८१, शनिबार

नेप्से २८.४६ अंकले बढेर फेरी राख्यो नयाँ कीर्तिमान

प्रकाशित मिति :  17 January, 2021 3:42 pm


काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्से पछिल्लो समय दिनहुँ रेकर्ड ब्रेक गरिरहेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २८.४६ अंकले बढेर २३१५.०१ अंकमा पुगेर नयाँ रेकर्ड राखेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ८.१७ अंकले बढेर ४४३.४२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी १ वटा अर्थात् हाइड्रोपावर उपसमुहको मात्र सेयर घटेको छ ।

यो दिन व्यापार समूह सर्वाधिक २३२.९७ अंकले उकालो लागेको छ । जीवन बीमा समूह २२१.०१ अंकले बढेको आज बैंकिङ समूहमा १.०१ अंक, होटेल्स् समूहमा १६.८७ अंक, विकास बैंक समूहमा ११०.०१ अंक, वित्त समूहमा २५.०१ अंक, निर्जीवन बीमा समूहमा ७८.०५ अंक, उत्पादन तथा प्रशोसन समूहमा ४९.८२ अंक, अन्य समूहमा ६०.७६ अंक, लघुवित्त समूहमा ११५.५५ अंक र म्युचुल फन्ड समूहमा ०.०८ अंकले बढेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल टेलिकमले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५८ करोड १० लाख १२ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !