१२ श्रावण २०८१, शनिबार

कोरोना भाइरस(कोभिड १९)को नयाँ प्रजाति नेपाल भित्रियो

प्रकाशित मिति :  18 January, 2021 2:21 pm


काठमाडौं। नेपालमा कारोना भाइरस (कोभिड १९)को नयाँ प्रजाति फेला परेको छ । पुसमा बेलायतबाट आएका ३ जनामा नयाँ प्रजातीको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा गरिएको जिनोम सिक्वेन्सिङमा तीन जनामा सो भाइरसको नयाँ प्रजाति भेटिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौतमले बताएका छन्।

यो भाइरसको प्रजाति पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक मानिन्छ। डब्लुएचओले जनाएअनुसार सो भाइरसको प्रजातिबाट संक्रमित हुनेमा २ पुरुष तथा एक महिला रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !