४ बैशाख २०८१, मंगलबार

चीनमा पनि बढे कोरोनाका संक्रमित

प्रकाशित मिति :  27 January, 2021 2:42 pm


ऐजेन्सी ।
चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी बताएका छन् ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक भेटिएको कोरोनाभाइरस चीनले छ महिनाभन्दा अघि नै कोरोना भाइरस नियन्त्रणमा लिएको बताएपनि अहिले चीनमा कोरोनाका संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन् ।

चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरुका अनुसार मङगलबार मात्र चीनमा कोरोना भाइरस ७५ जनामा नयाँ सङ्क्रमण देखिएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ सङ्क्रमित भेटिएका छन् । त्यहाँका स्थानीय नागरिकहरु पनि सङ्क्रमित हुन थालेपछि चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पनि पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाइएको छ । मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये उत्तरी चीनको हेबेइ र होलिज्याङ प्रान्तका कतिपय शहर र जिलिङ नगरका धेरै नागरिक रहेका पाइएका हुन् ।

पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको क्षेत्रमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले ती बढी सतर्कता अपनाउन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !