५ जेष्ठ २०८१, शनिबार

नेपाली कांग्रेसको प्रष्टिकरण : सर्वसम्मत निर्णय र सम्पूर्ण एकतासाथ संसद विघटन विरुद्ध आन्दोलनमा छौं

प्रकाशित मिति :  27 January, 2021 2:52 pm


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटना विरुद्धको आन्दोलनमा अन्योलमा नरहेको प्रष्ट पारेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस सर्वसम्मत निर्णय र सम्पूर्ण एकताका साथ संसद विघटन विरुद्ध आन्दोलनमा रहेको प्रष्ट पारेका हुन् ।

पछिल्लो समय नेपाली कांग्रेसभित्र आन्दोलनको विषयमा मतभेद भइरहेको समाचारहरु सार्वजनिक भइरहेका छन् । सभापति शेरबहादुर देउवा चुनावी तयारीमा लाग्नुपर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल सडक आन्दोलनमा लाग्नुपर्ने पक्षमा रहेको समाचार आइरहेका छन् । मुख्यसचिव पौडेलले निकालेको ज्ञिप्तिमा भनिएको छ,ूसंसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम विरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा छ ।

नेपाली कांग्रेसले संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्र देखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएको स्पष्ट पारेको छ ।

माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !