५ जेष्ठ २०८१, शनिबार

नेप्से दोहोरो अंकले बढ्दा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

प्रकाशित मिति :  27 January, 2021 4:27 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १८.७६ अंकले बढेर २४४१.८५ अंकमा पुगेको हो । त्यस्तै सेन्सेटिभ परिसुचक भने ०.८६ अंकले घटेर ४४६.३८ अंकमा झरेको हो ।

नेप्सेमा कूल १२ उपसमूहमध्ये ५ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ७ वटा उपसमुहको सेयर घटेको छ ।

आज जीवन बीमा समूह सर्वाधिक १०५१.१८ अंकले बढेकोे छ । निर्जीवन बीमा समूह ४६४.६८ अंकले बढेको आज व्यापार समूहमा ३२.९६ अंक, लघुवित्त समूहमा ६७.५१ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन सर्वाधिक ३३.७५ अंकले ओरालो लागेको छ। होटेल्स् समूह २४.३९ अंकले घटेको यो दिन बैंकिङ समूहमा १०.१२ अंक, विकास बैंक समूहमा ६.२३ अंक, जलविद्युत् समूहमा ४.०७ अंक, वित्त समूहमा ६.७७ अंक र अन्य समूहमा २.१९ अंकको गिरावट आएको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ९८ करोड २९ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६२ लाख ३८ हजार ७७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !