५ जेष्ठ २०८१, शनिबार

सोमबार नेप्से ३७ अंकले उकालो लाग्यो

प्रकाशित मिति :  1 February, 2021 3:55 pm


काठमाडौं । हिजो भारी अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज उकालो लागेको छ । बजार खुलेदेखि नै उकालो यात्रा तय गरेको नेप्से ३७.७० अंकले बढेर २४०८.२४ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अंकले बढे ४३७.८ अंकमा पुगेको छ ।

नेपाल स्टक एकस्चेञ्ज (नेप्से) का अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ अंकमा पुगेको छ । नेप्से १.५९ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अंकले बढेर ४३७.२८ मा पुगेको छ ।

नेप्सेमा आज कूल १२ उपसमूहमध्ये माइक्रोफाइनान्स र सामूहिक लगानी कोष बाहेक सबै उपसमूहको सेयर बढेको छ । आज ८ वटा कम्पनीहरूको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भने होटल्स् समुहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कुल २ सय ३ वटा कम्पनीको १ करोड ३३ लाख ११ हजार ९ सय ४२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार ५ सय २९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !