५ जेष्ठ २०८१, शनिबार

नेप्से ६.८१ अंकले घट्यो, ग्लोबल आईएमआई बैंकको सर्वाधिक कारोबार

प्रकाशित मिति :  3 February, 2021 4:17 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज –नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबार कारोबारको सुरुवाती समयमा आक्रामक बनेको २५ सय विन्दु पार गरेको नेप्से कारोबार बन्द हुने बेलामा ६.८१ अंकले घटेर २४६६.९२ अंकमा पुगेको हो ।

त्यस्तै सेन्सेटिभ परिसूचक भने ०.९२ अंकले बढेर ४५२.२९ अंकमा पुगेको छ ।आज नेप्सेमा कूल १२ उपसमूहमध्ये ४ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकि ८ वटा उपसमूहको सेयर घटेको छ ।

आज जलविद्युत् समूह १९.७९ अंकले उकालो लागेको छ। बैंकिङ समूह ४.०७ अंकले बढेको आज लघुवित्त समूहमा १ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकले बढेको छ ।

जीवन बीमा समूह सर्वाधिक १९७.०६ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूहमा १०३.१७ अंकको गिरावट आएको आज व्यापार समूह ६५.९९ अंक, होटेल्स् समूह ३०.९ अंक, विकास बैंक समूह ११.६२ अंक, वित्त समूह १९.१६ अंक, उत्पादन तथा प्रशोधन समूह १०१.५ अंक र अन्य समूह १७.५७ अंकले घटेका छन् ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड १९ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कुल २ सय १ वटा कम्पनीको २ करोड ७ लाख ८ हजार ६०४ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८५ करोड २५ लाख ३६ हजार ९१६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !