५ जेष्ठ २०८१, शनिबार

नेप्सेमा ८ कम्पनीको सेयरमा सकरात्मक सर्किट, १० अर्बमाथी कारोबार

प्रकाशित मिति :  7 February, 2021 4:30 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नयाँ रेकर्ड कायम गरेको छ । साताको कारोबारको पहिलो दिन नै नेप्से ४८.७४ अंकले बढेर २५२५ अंकमा पुगेर रोकिएको हो । त्यस्तै सेन्सेटिभ परिस्ुचक पनि ५.३० अंकले बढेर ४५९.३२ अंकमा पुगेको छ ।

नेप्सेमा कुल १२ वटा उपसमुह मध्ये ९ वटा उपसमुह बढेका छन् भने ३ वटा उपसमुह घटेका छन् ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी लिमिटेड अग्रस्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५३ करोड १७ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ र शिखर इन्स्योरेन्सको ३० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन कारोबारमा आएका करिब ३ दर्जन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये अधिकांश माइक्रोफाइनान्स कम्पनीहरु रहेका छन्।

नेप्सेमा आज कुल २ सय २ वटा कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !