५ जेष्ठ २०८१, शनिबार

बुधबार नेप्से ८.६६ अंकले बढ्यो

प्रकाशित मिति :  10 February, 2021 4:26 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले वृद्धि भएको छ । बुधबार नेप्से ८.६६ अंकले बढेर २५४३.०३ अंकमा पुगेर रोकिएको हो । त्यस्तै सेन्सेटिभ परिसूचक पनि २.५६ अंकले बढेर ४६५.१३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकि ७ वटा उपसमूहको सेयर घटेको छ ।
यो दिन निर्जीवन बीमा समूह सबैभन्दा धेरै ६२.१५ अंकले उकालो लागेको छ । होटेल्स् समूह ४४.६ अंकले बढेको आज बैंकिङ समूहमा २६.६१ अंक, विकास बैंक समूहमा १.०१ अंक र वित्त समूहमा ३८.१२ अंकको बढेको छ ।

आजको दिन जीवन बीमा समूह सबैभन्दा बढी ११५.५९ अंकले घटेको छ । व्यापार समूह ९७.६७ अंकले ओरालो लागेको यो दिन जलविद्युत् समूहमा १९.२७ अंक, उत्पादन तथा प्रशोधनमा ६९.११ अंक, अन्य समूहमा ६.२ अंक, लघुवित्त समूहमा ४४.९७ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा ग्लोबल आईएमइ बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५२ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कुल १ सय ९१ वटा कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !