७ बैशाख २०८१, शुक्रबार

बारपाकमा एउटै घरमा सुतेका तीनजना मृत भेटिए

प्रकाशित मिति :  22 February, 2021 1:42 pm


काठमाडौं । गोरखाको बारपाकमा एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !