२३ बैशाख २०८१, आइतबार

नेप्से दोहोरो अंकले बढ्यो, नेपाल बैंकको सर्वाधिक कारोबार

प्रकाशित मिति :  24 February, 2021 4:06 pm


नेप्से दोहोरो अंकले बढ्यो, नेपाल बैंकको सर्वाधिक कारोबार काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.१४ अंकले बढेर ३ ८२.५७ अंकमा पुगेर रोकिएको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १२ उपसमूहमध्ये १० वटा उपसमुह बढेका छन् भने २ उपसमुह घटेका छन् ।आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै १८४.३४ अंकले उकालो लागेको छ ।

बीमा समूह १८०.८९ अंकले बढेको आज बैंकिङ समूहमा १५.०६ अंक, व्यापार समूहमा १.६५ अंक, होटेल्स समूहमा ४६.५८ अंक, विकास बैंक समूहमा १८.७१ अंक, वित्त समूहमा ५.९९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५४.०४ अंक, लघुवित्त समूहमा २२.१५ अंक र म्युचुअल फन्ड समूहमा ०.१५ अंकले बढेको छ ।

त्यस्तै जलविद्युत् समूह २२.९३ अंकले ओरालो लाग्दा अन्य समूहमा १०.८९ अंकको गिरावट आएको छ।

त्यसैगरी, बुधबार कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ५८ करोड २५ लाख ७५ हजार ८ सय २९ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

कूल २०४ वटा कम्पनीको एक कारेड ७६ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !