६ जेष्ठ २०८१, आइतबार

जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जना घाइते

प्रकाशित मिति :  9 March, 2021 1:16 pm


सप्तरी । सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जना भन्दा धेरै घाइते भएका छन् भने २ जना गम्भिर घाइते भएका छन् ।
विष्णुपूर गाउँपालिका १ बाट जन्ती लिएर गरेको ना.१ज८९३८ नम्बरको गाडी बोदे बर्साइन नगरपालिका ८ काचनतर्फ फर्किनेक्रममा बोदे बसाइन नगरपालिका २ स्थित गौरामा दुर्घटना भएको हो।

गाडी अन्यिन्त्रित भएर सगरमाथा डेरीको पर्खालमा ठोकिदाँ बोदे बर्साइन नगरपालिका ८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दास गम्भीर घाइते भएका छन् । यी दुईजनाको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !