६ जेष्ठ २०८१, आइतबार

कर्णाली नदि किनारमा आमा छोराको शव भेटियो, छोरी अझै बेपत्ता

प्रकाशित मिति :  9 March, 2021 2:21 pm


काठमाडौं । दैलेखमा चार सन्ताससहित हाम फालेको आशंका गरिएकी सुकि बडुवाल र उनका छोराको पनि शव भेटिएको छ । आठविस नगरपालिका–३ का सुकी बडुवाल र उनका छोरा ललित बडु्वालको शव कर्णाली नदि किनारमा मंगलबार भेटिएको हो ।

सोमबार बिहानदेखि हराइरहेका एकै परिवारका ५ जना मध्ये उनीहरूको शव भेटिएको हो। सुकीका दुई छोरीको सोमबार बेलुका डोरीले हात बाँधिएको अवस्थामा शव भेटिएको थियो।

सोमबार बेलुका १४ वर्षकी छोरी कल्पना बडुवाल र ११ वर्षकी सरिता बडुवाल माछा मार्न प्रयोग गर्ने डोरीमा हात बाँधिएको अवस्थामा एकै ठाउँमा मृत भेटिएका थिए । प्रहरीका अनुसार उनिहरु सबैको शव डोरिले हात बाँधिएको अवस्थामा कर्णाली नदि किनारमा भेटिएको हो ।
अहिलेसम्म कान्छी छोरी ५ वर्षीय रजनी बडुवालको शव नभेटिएको प्रहरीले जनाएको छ ।

आइतबार राति मदिरा सेवन गरी घर गएका श्रीमानसँग झगडा परेपछि सुकी सोमबार बिहानै चार छोराछोरीलाई साथमा लिएर घरबाट निस्किएकी थिइन्। उनले आफ्ना सन्तासहित कर्णाली नदीमा हाम फालेको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !