२३ बैशाख २०८१, आइतबार

साताको पहिलो दिन बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  14 March, 2021 11:29 am


काठमाडौं । साताको कारोबारको पहिलो दिन छापावाला सुनको मूल्य बढेको छ । आइतबार सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेर छापावाल सुन तोलाको ८६ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेर ८६ हजार २ सय रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइहरको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !